ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

फाप्ला क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन

बिहिबार १५, जेठ २०८२ ०४:४१

धनगढी । कैलालीको धनगढीमा फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आर्थिक वर्षमा फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै फाप्लासहित देशका चार वटा रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार फाप्लाहित काठमाडौंको मुलपानी मोरङको गिरिजाप्रसाद क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड विनियोजन गरिएको छ । फाप्लामा क्रिकेट मैदान निर्माण गर्न ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समिति’ गठन गरिएको छ । 

प्रतिक्रिया