ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरिया–गड्डाचौकी सडक स्तरोन्नतिका लागि बजेट विनियोजन

बिहिबार १५, जेठ २०८२ ०५:२१

धनगढी । कैलाली र कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गरिने भएको छ । पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नतिका सरकारले बजेट विनियोजन गरेको हो । 

बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

‘पूर्वपश्चिम राजमार्गको गड्डाचौकी– अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने छ । त्यसका लागि २१ अर्ब १९ करोड विनियोजन गरेको छु,’ उनले भने । 
 

प्रतिक्रिया