धनगढी । नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रानालाई आज काठमाडौँमा पार्टी प्रवेश गराएका माओवादी केन्द्रका नेता ओमबिक्रम भाट सरलले जानकारी दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रानाले आजै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका थिए । गत निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ बा प्रतिनिधि सभा सदस्यका उम्मेद्धार थिए ।
उनले आज विज्ञप्ति जारी गर्दै नागरिक उन्मुक्ति परम्परागत संसदीय दलहरुको सिको गर्दै पद, प्रतिष्ठा, सत्ता र व्यक्तिगत लाभहानीका आधारमा सीमान्तकृत समुदायको पहिचान, स्वतन्त्रता, समृद्धिको पक्षमा भूमिका, विश्वासमाथि कुठाराघात भएको आरोप लगाएका छन् ।
उनले पार्टीका पछिल्ला गतिविधिले नैतिकता, राजनीतिक इमान्दारिता र संस्कारका कारण जिम्मेवारीमा बसिराख्न उचित नहुने ठानेर पार्टी परित्याग गरेको भनेका छन् ।
प्रतिक्रिया