डोटी । डोटीको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे ।
पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख सिंहले नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरलाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया