धनगढी । कैलालीको कैलारी गाउँपालिकामा बिहीबार स्थानीय बिदा दिइएको छ । गंगादशहराको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिको दिन मनाइने गंगादशहराको अवसरमा बिदा दिएको जनाएको छ ।
गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थामा बिदा रहने बताइएको छ । यसअघि नै कैलालीको धनगढी उपमहानगरपालिकाले पनि २२ गते बिदा दिइसकेको छ । २२ गते धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्ने छ ।
प्रतिक्रिया