धनगढी । कैलालीको धनगढीमा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला लाग्दै छ । भोलि लाग्ने मेलाका लागि आजैदेखि भक्तजनहरु मन्दिरमा पुग्न थालेका छन् ।
मेलाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रालिले निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म धनगढीको क्याम्पस रोडदेखि बेहडाबाबा मन्दिरसम्म दुई ओटा निशुल्क बस सञ्चालन गरिने प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।
प्रालिले सामाजिक उत्तरदायित्वअन्तरगत विभिन्न सामाजिक सेवाहरु गर्दै आइरहेको बताउदै अध्यक्ष सापकोटाले बस सेवाले बेहडाबाबा दर्शन गर्न जाने श्रद्धालुहरुलाई सहज हुने बताए ।
यस्तै मेलाका लागि धनगढी उपमहानगरपालिकाले पनि निशुल्क बस सञ्चालन गर्ने भएको छ । आज राति १२ बजेदेखि भोलि बेलुका ६ बजेसम्म निशुल्क बस सञ्चालन गरिने उपमहानगरका मेयर गोपाल हमालले बताए ।
धनगढी–१७ शिवगङ्गा नदीदेखि बेहडाबाबा मन्दिरसम्म भक्तजनलाई सहजताका लागि निशुल्क बस सञ्चालन गरिने मेयर हमालले बताए ।
प्रतिक्रिया