घोडाघोडी । कैलालीमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडले विभिन्न ठाउँमा मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो । उनीहरुले चोरी गरेको आठ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
जिल्लाको लम्की, धनगढी, सुखडलगायतका स्थानबाट चोरी भएका आठ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १ लोहरपुर बस्ने २२ वर्षका मदन सार्की, सोही ठेगाना भएका १८ वर्षका शलिकराज गिरी, १८ वर्षका निराजन शाही र वडा नम्बर १० लठैयाका २३ वर्षीय जितेन्द्र चौधरी रहेका छन् ।
मदन सार्की र निराजन शाही यसअघिसमेत पटकपटक चोरीमा मुद्दा खेपेका व्यक्ति रहेको पाइएको छ ।
प्रतिक्रिया