ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु

बिहिबार २२, जेठ २०८२ ११:३०

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार रावत अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । हिरासतमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

पेट दुखेको गुनासो गरेपछि अस्पताल पुर्‍याइएका रावतको बुधबार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया