ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सप्तकोशीमा बेपत्ता भएका दुई जनाको खोजीमा गोताखोर परिचालन

शुक्रबार २३, जेठ २०८२ ०८:१२

काठमाडौँ । सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरू भएको छ। बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित कोशी नदीमा  मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।

शुक्रबार बिहानैदेखि उनीहरूको खोजीकार्य सुरू भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपिको कमान्डमा  ४ जना  गोताखोर सहित ३५ जना र नं.६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।

थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल  विपद्  व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारिको कमान्डमा ५ जना गोताखोरलाइ बिहीबार राति नै त्यसतर्फ पठाइएको डिएसपी थापाले बताए।

बेपत्ता भएका दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए।  त्यसयता उद्धारका लागि  विभिन्न ठाउँमा खटिएका पनि थिए।

प्रतिक्रिया