ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी

बिहिबार २०, मङि्सर २०८१ ०२:२७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्न थालेको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र फेरि अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग गरेको हो । 

उक्त प्रविधिकै लागि धनगढीका खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ । पोल सारे वा खोलाले बगाएमा वा पोलमार्फत स्याटलाइट प्रविधिबाट निगरानी गरिने भएको हो । नदी तथा खोलाको किनारमा पोल गाडिने भएकाले जग्गा धनीलाई पनि सहज हुने तर्क उपमहानगरपालिकाको छ । 

चालु आर्थिक वर्षमा ५० किलोमिटर खोलाका किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने छ । धनगढी उपमहानगरपालिका–१ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट उक्त अभियानको बुधवारदेखि सुरुवात भएको छ । उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बुधवारबाट उक्त कार्यको सुरुवात गरेकी हुन् । कित्तामा खोला परेको खण्डमा सूचना सार्वजनिक गर्ने तयारीमा उपमहानगरपालिका रहेको छ । 

उपमहानगरपालिका २०७९ असारबाट खोलानाला र सार्वजनिक जग्गाको अतिक्रमण खाली गर्ने थालेको थियो । पहिलो चरणमा धनगढी–५ को सुकुटी नालाबाट अतिक्रमण हटाउने अभियान थालिएको थियो । धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखाका इन्जिनियर नरेन्द्र भट्टले खोलाको क्षेत्राधिकारमा संरचनाहरू निर्माण नगर्न आग्रह गर्ने र खाली गर्न सूचना सार्वजनिक गर्ने बताए । 
 

प्रतिक्रिया