ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर मुद्वाका ३५ जना कुनै पनि बेला जेल जाने अवस्था छ : लक्ष्मण थारु

रञ्जिताबाट पार्टी सञ्चालन हुन नसक्ने भनाई

शुक्रबार ०२, साउन २०८२ ११:१०

धनगढी । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले रञ्जिता श्रेष्ठ चौधरीबाट नागरिक उन्मुक्ति पार्टी सञ्चालन हुन नसक्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै नेता थारुले अध्यक्ष श्रेष्ठबाट पार्टी सञ्चालन हुन नसक्ने बताएका हुन् । 

‘रेशम चौधरीसंग राजीनितक रुपमा गम्भीर कुरा गरेको छु,’ उनले भने, ‘रञ्जिता चौधरी, जो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले पार्टी हाक्न सक्नुहुन्न । उहाँको विकल्प खोज्नुस् भनेर मैले रेशमजीसंग स्पष्ट भनेको छु ।’

थारुले निर्वाचन जिताएर सांसद हुँदै मन्त्री बनाए पनि रञ्जिताले गरेका निर्णय पनि कार्यान्वयन गर्न नसकेको आरोप लगाए । ‘रञ्जिताको नेतृत्वमा ०८४ सालको निर्वाचनमा जान सक्ने अवस्था छैन,’ उनले भने । 

अझै पनि टीकापुर घटनामा मुद्दा लगाइएका ३५ जना थारुहरू कुनै पनि बेला जेल जानसक्ने अवस्था रहेको बताए । 

प्रतिक्रिया