काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला आफूनिकटका पार्टीका सांसदहरूसँग संसदीय दलको नेता परिवर्तनबारे छलफलमा जुटेका छन् । अहिले शेखर समूहका सांसदहरूबीच यसबारे छलफल भइरहेको छ ।
शेखरले बहुमत जुटाएर कांग्रेस संसदीय दलको नेता बन्ने प्रयास गरिरहेको चर्चा छ । सभापति शेरबहादुर देउवा केपी शर्मा ओलीपछि एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति छ ।
तर त्यसअगाडि नै बहुमत जुटाएर शेखरले दलको नेता बन्न चाहेका छन् । कांग्रेसमा प्रधानमन्त्री बन्ने अवसर आए संसदीय दलको नेता भएकै हुनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया