कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको मनोनयनका क्रममा झडप भएको छ । स्ववियू निर्वाचन सम्बन्धी संशोधित नियमावली खारेज हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले लगाएको ताला तोडिएपछि झडप भएको हो ।
स्ववियु निर्वाचनका लागि मंगलबार मनोनयनको मिति तय गरिएको थियो । अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरु मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा झडपको अवस्था सृजना भएको हो ।
झडपमा तीन जना विद्यार्थी घाइते भएका छन् । सो क्रममा प्रहरीले लाठी चार्जसमेत गरेको छ । घटनापछि नेविसंघले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको छ । मनोनयन प्रक्रिया अनिश्चित बनेको छ । साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचनको मिति तोकिएको छ ।
प्रतिक्रिया