ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका आगलागी पीडितलाई व्यापारी शुभ ठाकुरद्वारा सहयोग

सोमबार १२, साउन २०८२ ११:३९

धनगढी । कैलालीको धनगढीका आगलागी पीडितलाई व्यापारी शुभ ठाकुरद्वारा सहयोग गरेका छन् । ३ साउनमा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इम्पेक्स र सेन्टर पोइन्ट रेष्टुरेन्टसहित आठ वटा सटरमा आगलागी भएको थियो । 

धनगढीका व्यापारी ठाकुरले पीडित व्यवसायीलाई व्यक्तिगत रूपमा नगद सहयोग गरेका हुन् । ‘दुख परेको बेला हामी व्यवसायीहरूले एक अर्कालाई सहारा दिनुपर्छ, त्यसैले मैले मेरो तर्फबाट सहयोग गरेको हुँ,’ ठाकुरले भने । ठाकुरले २५ हजार नगद सहयोग गरेका हुन् । 

आगलागीबाट छ करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया