काठमाडौं । एउटै घरका १६ जना सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ६, बागेश्वरबाट स्थानीय उर्मिला हायुको परिवारका १६ जना रहस्यमय ढंगले बेपत्ता भएका हुन् ।
घरका झ्यालढोका खुलै रहेको र गोठमा चौपाया बाँधिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय बासिन्दाका अनुसार आइतबारदेखि सम्पर्कमा नरहेको सो परिवार ऋणमा डुबेको थियो ।
प्रतिक्रिया