कञ्चनपुर । कञ्चनपुरमा खुकुरी प्रहारबाट १६ वर्षीय युवक गम्भीर घाइते र्भएका छन् । दुई जनाको समूहले खुकुरी प्रहार गर्दा जिल्लाको पुर्नवास नगरपालिका–५ स्थित ‘घ’ गाउँका आयुष बोहरा गम्भीर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, पुर्नवास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेका भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते बोहराको पुर्नवासस्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागी कैलालीको धनगढीस्थित निर्सग अस्पतालमा लगिएको छ ।
कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाइएको छ ।
प्रतिक्रिया