धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ।
देशभर साधरणतया बदली रहेको छ । आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरुको बहाव सतर्कता आसपास रहेको छ ।
सोमबार कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।
प्रतिक्रिया