ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरबाट पाँच लाख बढीको भन्सार छलीको सामान बरामद

मङ्गलबार २०, साउन २०८२ ०४:०१

धनगढी । कञ्चनपुरबाट पाँच लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले पाँच लाख सात हजार ३९० मूल्य पर्ने सामान बरामद गरेको हो । 

सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्यायको कमाण्डमा खटिएको सात जना सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भीमदत्त नगरपालिका–४ भासी हाइबे र वडा नम्बर १० भन्सार रोड क्षेत्रबाट उक्त सामान बरामद गरेको हो । 

भारतबाट भन्सार छलेर ल्याइएका सामान बेवारिसे अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । 

मोबाइल पार्टस र किरानाका सामान बरामद गरिएको हो । बरामद भएका सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक उपाध्यायले बताए ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती बढाएको छ । 

प्रतिक्रिया