ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पाँच महिनापछि कञ्चनपुरस्थित जलेको घरमा पुगे लेखक

सोमबार १९, माघ २०८२ ०१:१९

कञ्चनपुर । पुर्वगृहमन्त्री रमेश लेखक पाँच महिनापछि जेनजी आन्दोलनका क्रममा जलेको घरमा पुगेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका– ८ मा रहेको पुर्खौली घरमा लेखक पुगेका हुन ।

गत २४ भदौमा कांग्रेस नेता लेखकको पुर्खौली घरमा आन्दोलनकारीले आगजनी गरेका थिए । 

लेखकको कञ्चनपुर र काठमाडौंमा रहेको घर जलाइएको थियो । महेन्द्रनगरस्थित बजारमा रहेको घर भने मर्मतसम्भार गरिएको छ । 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् ।

पार्टीले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । 

प्रतिक्रिया