धनगढी । २३ गतेको हिसांतमक झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारमा आइतबार हतियारधारी सुरक्षाकर्मीको टोली प्रवेश भएको छ ।
कैदीबन्दीले कब्जा गरेको कारागारमा सशस्त्र र नेपाल प्रहरीको सुरक्षा टोली हतियारसहित प्रवेश गरेको हो ।
शुक्रबार राति कारागारमा झडप हुँदा एकजनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घटनापछि सुरक्षाकर्मीहरू कारागारभित्र प्रवेश गर्न सकेका थिएनन् । कैदीबन्दीले सिलिन्डर बिस्फोट गराइदिने चेतावनी दिएका थिए ।
प्रहरीसँगै मानवअधिकारकर्मीको टोली पनि कारागार प्रवेश गरेको छ । कारागारको ब्लक ए र ब्लक बीमा प्रवेश गरी भित्रको स्थितिबारे जानकारी लिन थालिएको बताइएको छ ।
कारागारमा कैदीबन्दीको संख्या यकिन गर्नका लागि गणना समेत भइरहेको छ ।
प्रतिक्रिया