ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा स्रोत नखुलेको सवा छ लाखसहित एकजना पक्राउ

सोमबार २६, माघ २०८२ १२:१५

धनगढी । कैलालीमा स्रोत नखुलेको सवा छ लाखसहित एकजना पक्राउ परेका छन् । 

टीकापुर नगरपालिका– ९ खक्रौलाबाट स्रोत नखुलेको छ लाख २३ हजार नेपाली रूपैयाँसहित भारतको लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमारलाई पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोली भारतबाट नेपालतर्फ आँउदै गरेको युपी ३१ बिएफ ७१६१ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनलाई नगदसहित पक्राउ गरेको हो । 

प्रतिक्रिया