धनगढी । आतंकवादी संगठन हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनी इजरायल लागेका छन् ।
उनीहरु आज बिहान फ्लाइ दुबईमार्फत् ९ बजे इजरायलतर्फ लागेका हुन् । उनीहरु विपिनको रिहाइको अपीलसहित इजरायल जान लागेको बताइएको छ ।
इजरायल सरकारले प्यालेस्टिनी आतंकवादी लडाकू समूह हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाएको हो ।
उनीहरुलाई इजरायलले संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ । राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारले योजना बनाएको छ । हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ । विपिन कञ्चनपुरका बासिन्दा हुन् ।
प्रतिक्रिया