ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारमा कुन मुद्दाका कति छन् कैदीबन्दी ?

बुधबार २८, साउन २०८२ ११:४३

धनगढी । एक जनाको मृत्यु अनि कुटपिटबाट ४८ जना घाइते भएको  घटनासँगै तनावग्रस्त बनेको कैलाली काराकार क्रमशः लयतर्फ फर्किदैछ । दैनिक गर्नुपर्ने गणना सुचारु भएको छ भने कारागार प्रशासन र कैदीबन्दीबीच संवाद सुरु भएको छ । सरोकारवाला निकायले घटनाबारे छानबिन अगाडि बढाएका छन् ।

कैलाली कारागारभित्र शुक्रबार रातिको घटनाका बखत कुल सात सय जना कैदीबन्दी र थुनुवा कैलाली कारागारमा थिए । तीमध्ये ३६८ कैदीबन्दी थिए भने ३३२ जना पुर्पक्षका लागि पठाइएका थुनुवा थिए ।

सबैभन्दा धेरै लागुऔषध मुद्दाका थिए । लागुऔषधका १२६ कैदी र १६८ थुनुवा गरी २९४ जना थिए । दोस्रोमा जवरजस्ती करणीका ९४ कैदी र ६६ थुनुवा गरी १६० जना थिए ।

कैलाली कारागारमा कर्तव्य ज्यान मुद्दा खेपिरहेकाहरुको संख्या तेस्रो बढी थियो । ८५ जना कैदी र २१ थुनुवा गरी कर्तव्य ज्यानका १०६ जना थिए । चोरी मुद्दाका ३०, ज्यान मार्ने उद्योगका २६, सवारी ज्यानका २३, विधि मुद्दाका १२, मानव बेचविखनका १०, केही सार्वजनिक अपराधका ९, डकैतीका ७, हातहतियार खरखजानाका ५, ठगीका ५, मानव बेचविखन तथा शरीर बन्धकका ४, बहुबिवाहका ४, जीउ मास्ने बेच्नेका २, बहुविवाह २ र मुद्रा सम्बन्धिका एक जना कारागारमा छन् ।

यीमध्ये लागुऔषध मुद्दाका एकजना कैदीबन्दीको सोही घटनामा मृत्यु भइसकेको छ ।

प्रतिक्रिया