ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आजदेखि ‘सुदूरपश्चिम गौरा महोत्सव’, यस्ता छन् आकर्षण

सोमबार १६, भदौ २०८२ ११:०३

धनगढी । कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम गौरा महोत्सव’ सुरु हुँदै छ । गौरा पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवको १०औं संकरण आजदेखि सुरु हुन लागेको हो । 

आयोजक डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’का अनुसार महोत्सवको एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिँयाले उद्धाटन गर्ने कार्यक्रम छ । ‘महोत्सव तीन दिनसम्म सञ्चालन हुने छ,’ उनले भने, ‘काली–कर्णाली क्षेत्रको सांस्कृतिक पहिचानको रुपमा रहेको डेउडाको संरक्षण र प्रचारप्रसारसँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सव आयोजना गरेका हौं ।’

अध्यक्ष रावतका अनुसार महोत्सव अवधिभर खुला डेउडा दोहरी तथा विद्यालयस्तरीय डेउडा प्रस्तुति हुने छ । धनगढीस्थित नेपाल पत्रकार महासंघको कार्यालयअगाडि रहेको चौरमा हुने महोत्सवमा प्रवेश शुल्क राखिएको छैन । 

प्रतिक्रिया