चैनपुर । बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ । सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले बताए ।
उनका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा मंगलबार राति ८ बजे जेसिबी पल्टिँदा चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएको उनले बताए ।
प्रतिक्रिया