ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा तीन घण्टामा २.२८ प्रतिशत मतदान

बिहिबार २१, फागुन २०८२ १०:२०

धनगढी । कैलालीमा तीन घण्टामा सबा दुई प्रतिशत मात्रै मतदान भएको छ । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ हजार ५०८ मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए । जुन कुल मतदाताको २.२८ प्रतिशत हुन्छ । 

कैलालीमा पाँच लाख ५१ हजार ५१ मतदाता छन् । कैलाली– १ मा एक लाख आठ हजार ४९१ जना, २ नम्बर क्षेत्रमा एक लाख सात हजार ७५७ जना र ३ नम्बर क्षेत्रमा एक लाख नौ हजार १२२ जना मतदाता छन् ।

४ नम्बर क्षेत्रमा एक लाख १५ हजार १४३ जना र ५ नम्बर क्षेत्रमा एक लाख १० हजार ५३९ जना मतदाता छन् ।
 

प्रतिक्रिया