ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा खस्याे झण्डै २९ हजार मत, कुन निर्वाचन क्षेत्रमा कति ?

बिहिबार २१, फागुन २०८२ १०:३८

धनगढी । कैलालीमा मतदान जारी छ । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिलेसम्म ५.२ प्रतिशत मत खसेको छ ।

कुल पाँच लाख ५१ हजार ५२ मतदाता रहेकोमा अहिलेसम्म २८ हजार ९०८ मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले बताए । 

कैलाली– १ मा ५२९५, २ नम्बर क्षेत्रमा ६९७०, ३ नम्बर क्षेत्रमा ६७७५, ४ नम्बर क्षेत्रमा ५२१५ र कैलाली– ५ मा ४६५३ मत खसेको छ । 

कैलाली– १ मा एक लाख आठ हजार ४९१ जना, २ नम्बर क्षेत्रमा एक लाख सात हजार ७५७ जना र ३ नम्बर क्षेत्रमा एक लाख नौ हजार १२२ जना मतदाता छन् । ४ नम्बर क्षेत्रमा एक लाख १५ हजार १४३ जना र ५ नम्बर क्षेत्रमा एक लाख १० हजार ५३९ जना मतदाता छन् ।
 

प्रतिक्रिया