धनगढी । कञ्चनपुरको बाढीमा विस्थापित भएका ४२ परिवार चार दिनपछि घर फर्किएका छन् । नदीहरुमा बहाव घटेपछि उनीहरु घर फर्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका– ११ का पाँच परिवारका २५ जनालाई डुबानमा परेपछि विस्थापित भएका थिए । उनीहरु घर फर्किएका छन् ।
यस्तै, दोधाराचादँनी नगरपालिका– ८ को रामपुरे टापुका २५ परिवार ७० जनालाई जनज्योती माविमा बसाइएकोमा उनीहरु पनि घर फर्किएका छन् ।
दोधाराचादँनी नगरपालिका– १० शान्ति टोलका १२ परिवारका ४० जना पनि घर फर्किएका छन् । डुबानपछि उनीहरुलाई अम्विका माविमा राखिएको थियो ।
प्रतिक्रिया