ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा कर्फ्युका बीच प्रदर्शन: पार्टी र सरकारी कार्यालयमा ताेडफोड र आगजनी

मङ्गलबार २४, भदौ २०८२ ०१:३७

धनगढी । धनगढीमा कर्फ्यु आदेशका बीच प्रदर्शन जारी राखिएको छ । जेनजी प्रदर्शनकारीले आन्दोलन जारी राखेका हुन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले १२ः२० बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका थिए । 

तर, प्रदर्शनकारीले पार्टीका कार्यालय र सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् । उनीहरुले धनगढी उपमहानगरपालिका– १ मा रहेका नेकपा एमाले र काँग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् । 

यस्तै, धनगढी– ४ मा रहेको काँग्रेस सभापति शेरबहादुर देउवाको घरमा पनि आगजनी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पार्किङ गरिएको सरकारी गाडी तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले धनगढी उपमहानगरपालिका– ४ स्थित प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी गरेका छन् । 
 

प्रतिक्रिया