ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारकाे सम्पर्कमा आउन थाले कैदीबन्दी, २५ जना बन्दीगृह फर्किए

शुक्रबार २७, भदौ २०८२ ११:५२

धनगढी । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थालेका छन् । जिल्ला कारागार कैलालीले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेका हुन् । 

कारागारका जेलर चिरञ्जिवी सापकोटाले अहिलेसम्म २५ जना कैदीबन्दी फर्किसकेको जानकारी दिए । ‘२५ जना बन्दीगृहमा फर्किसकेका छन्,’ उनले भने, ‘अन्य थुप्रै कैदीबन्दी पनि सम्पर्कमा आएका छन् । आज भोलिमै उपस्थित हुने बताएका छन् ।’

जेलर सापकोटाका अनुसार अन्य कारागारबाट फरार रहेका तर कैलाली घर भएका कैदीबन्दी पनि सम्पर्कमा आएका छन् । उनीहरुले कैलालीमै राख्ने वा अन्यत्र पठाउनेबारे छलफल भइरहेको जेलर सापकोटाले बताए । 
कैलाली कारागारबाट छ सय बढी कैदीबन्दी जेनजी प्रदर्शनकारीको आन्दोलनपछि भागेका थिए । 

प्रतिक्रिया