ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ध्वस्त बनेको कैलाली प्रशासनबाट सेवा दिने प्रयास, डेढ लाखको सामान सहयोग

आइतबार २९, भदौ २०८२ १०:३६

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले आजदेखि सेवा सुचारुको प्रयास गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनीले भौतिक संरचना, सरसामान तथा कागजपत्र जलेर नष्ट भएकोमा आजदेखि सेवा सुचारुको प्रयास भइरहेको हो । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले आज बिहानदेखि केही सेवा सुचारुको प्रयास भइरहेको बताए । ‘सेवा सुचारु नै गर्न त सकिएको छैन, हामी प्रयास गरिरहेका छौं,’ उनले भने । उनका अनुसार जलेको भवनको एक कोठाबाटै सेवा सुचारुको प्रयास भइरहेको बताए । 

यस्तै, धनगढीको एरिष्टो स्कुलले जिल्ला प्रशासन कार्यालय कैलालीलाई डेढ लाख मूल्य बराबरको सामान सहयोग गरेको छ । विद्यालयका तर्फबाट प्रधानाध्यापक हरि क्षेत्रीले एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान टेबल र कुर्सी हस्तान्तरण गरेका हुन् । 

प्रतिक्रिया