धनगढी । यातायात व्यवस्था कार्यालय कैलालीले आशिंक रुपमा सेवा सुचारु गरेको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरेपछि २४ भदौदेखि कार्यालयको सेवा ठप्प रहेको थियो ।
सरसफाई र मर्मतको केही काम भएपछि आंशिक रुपमा सेवा सुचारु गरिएको कार्यालयका अधिकृत श्याम जोशीले जानकारी दिए । ‘सवारीसाधन नविकरण, दर्ता, कर संकलन तथा रुट प्रमिट र जाँच पासका काम सुरु भएका छन्,’ जोशीले भने ।
उनका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स)का कुनै पनि काम सुचारु गर्न सकिएको छैन । यातायात कार्यालयमा जेनजी आन्दोलनमा आगजनी हुँदा डेढ करोड बढीको क्षति भएको बताइएको छ ।
प्रतिक्रिया