ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु

आइतबार ०५, असोज २०८२ १२:३१

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–५, बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

मकैको थुप्रो बनाउनका लागि काठ काट्ने क्रममा गत भदौ २२ गते दयाललाई अरिङ्गालले टोकेको थियो । 

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई घर ल्याइएकोमा शनिबार मृत्यु भएको हो । 

प्रतिक्रिया