ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा जनमत बुझ्न कांग्रेसले खटायो नेता, कुन जिल्लामा काे ?

मङ्गलबार २०, माघ २०८२ ०४:४६

धनगढी । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न नेताहरूलाई जिम्मेवारी दिएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समितिले सातै प्रदेशमा जिल्ला तोकेर नेताहरूलाई जिम्मेवारी दिएको हो । 

सुदूरपश्चिममा पनि १० नेतालाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउने अधिकांश नेताहरु विशेष महाधिवेशन पक्षधर छन् । हिमबहादुर रावल, निपा चोखाल र विद्या तिमल्सिनालाई कञ्चनपुर, बैतडी, दार्चुला र बझाङको जिम्मेवारी दिइएको छ । 

यस्तै, कैलाली र डडेल्धुराको जिम्मेवारी जगतप्रसाद जोशी, सुनिता राना, नृपबहादुर वड, डा. रणबहादुर रावलले पाएका छन् । 

डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टले जिम्मेवारी पाएका छन् । नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन खटाइएको बताइएको छ । नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ । 

प्रतिक्रिया