ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा झण्डै आठ लाखको भन्सार छलीको सामान बरामद

सोमबार ०६, असोज २०८२ १०:५८

धनगढी । कञ्चनपुरमा झण्डै आठ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरबाट खटिएको टोलीले सात लाख ८४ हजार ९२० मूल्य बराबरको अबैध सामान बरामद हो । 

गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्यायको कमाण्डमा खटिएको टोलीले भीमदत्त नगरपालिका– १० भन्सार रोड इलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको सामान बरामद गरेको हो ।

कपडा, हार्डवयरका सामान, क्यामेरा पार्टस्, मिठाई र किराना सामान बरामद गरिएको जनाइएको छ । बरामद गरिएको सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । 
 

प्रतिक्रिया