ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा आज वर्षा र हिमपातको सम्भावना

मङ्गलबार ११, कार्तिक २०८२ ०७:५३

धनगढी । सुदूरपश्चिममा आज वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षा साथै मध्यम हिमपातको सम्भावना रहेकाे पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेकाे छ ।

आज राति हिमाली क्षेत्रमा साधारणतया बदली रही एक-दुई स्थानमा मध्यम वर्षा साथै मध्यम हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ ।

हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागले बताएको छ ।

प्रतिक्रिया