प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन् ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।
३० वर्षे उमेरहदका कारण अघिल्ला आईजीपी चन्द्रकुबेर खापुङ बिहीबार राति अनिवार्य अवकाशमा गएपछि कार्कीले नेपाल प्रहारीको कमान्ड सम्हालेका हुन् ।
कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया