धनगढी । गौरीफन्टा नाकामा पेस्तोलमा प्रयोग गरिने १० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
गौरिफन्टा चेकपोस्टमा सीमा सुरक्षा बल एसएसबीले एक्स–रे ब्यागेज मेसिनमार्फत आवतजावत गर्ने यात्रुहरूको नियमित जाँच गर्ने क्रममा पेस्तोलको गोलीसहित भारतको हरियाणा घर भएका ३९ वर्षीय नरेश कुमारलाई पक्राउ गरेको हो ।
कुमारलाई नेपालबाट भारत जाने क्रममा पक्राउ गरिएको हो ।
बरामद गरिएका १० राउन्ड गोली ३२ बोर पेस्तोलमा प्रयोग हुने रहेका छन् । पक्राउ परेका व्यक्तिले आफूसँग उक्त पेस्तोल लाइसेन्ससहित भएको दाबी गरेका छन् ।
प्रतिक्रिया