ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा रास्वपाले चुनावी सभा गर्दै, रवि र बालेनले सम्बोधन गर्ने

बिहिबार २९, माघ २०८२ १२:५६

धनगढी । स्वतन्त्र पार्टी रास्वपाले आगामी फागुन पहिलो साता कैलालीको धनगढीमा चुनावी सभा आयोजना गर्ने भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाले ६ फागनुमा धनगढीको पशुपति टोलमा चुनावी सभा आयोजनना गर्न लागेको हो ।

उक्त सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि रास्वपाले मधेश प्रदेश धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको थियो ।

सभामा रास्वपाका सभापति लामिछाने, वरिष्ठ नेता बालेनसहितले सम्बोधन गरेका थिए । बालेनले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका थिए ।

प्रतिक्रिया