ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

आइतबार ३०, कार्तिक २०८२ ११:३७

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । 

जिल्लाको आलिताल गाउँपालिका–८ गोदाम बजारबाट सोही गाउँपालिकाको वडा नम्बर ५ बाहिरीसैनतर्फ जाँदै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । बाहिरीसैनका २७ वर्षीय भरत रावतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

यस्तै, दुर्घटनामा सोही ठाउँका १९ वर्षीय पवन बिक, २५ वर्षीय तिलक चोखाल र ४ वर्षका सन्तोष रोका घाइते भएका छन् । बिक र चोखालको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ भने रोकालाई उपचारका लागि धनगढी पठाइएको छ । ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया