ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाम–२ : उज्यालो पार्टीका उम्मेदवारको समर्थन रास्वपालाई

आइतबार ०३, फागुन २०८२ ०४:१०

अछाम । अछाम–२ मा उज्यालो नेपाल पार्टी उनेपाका उम्मेदवार राजेश रावलले उम्मेदवारी निष्क्रिय पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्दै उनेपा उम्मेदवार रावलले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।

आइतबार दुवै उम्मेदवारले सहमतिपत्रमा हस्ताक्षर गरेपछि रावलले उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । उनेपा उम्मेदवार रावलले परिवर्तनको मुद्दालाई बलियो बनाउन उम्मेदवारी फिर्ता लिएर रास्वपा उम्मेदवार शाहलाई समर्थन गरेको बताए ।

यस्तै आफू निर्वाचित भएपछि रावलसँग सहमतिअनुसार काम गर्ने रास्वपा उम्मेदवार शाहले बताए ।

प्रतिक्रिया