ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा प्रचण्ड र नेपाल, एकता सभालाई सम्बोधन गर्ने

शुक्रबार १२, मङि्सर २०८२ १२:०४

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल धनगढी आइपुगेका छन् ।

पार्टीले धनगढीमा आज आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल धनगढी आइपुगेका हुन् । 

दुवै नेतालाई स्वागत गर्न नेताकार्यकर्ता धनगढी विमानस्थल पुगेका थिए । सन्देशसभा सुरु हुनुअघि नेपाली कम्युनिष्ट पार्टीले धनगढीको दुई ठाउँबाट र्‍याली निकाल्दैछ ।

धनगढी चौराहा र क्याम्पसचोबाट सुरु हुने र्‍याली रंगशाला पछाडिको खुला भागमा पुगेपछि आमसभा सुरु हुनेछ ।

प्रतिक्रिया