धनगढी । नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी प्रमुख (सचिव) भरत साउदले पार्टी त्यागेका छन् । एमाले छोडेर उनी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशपछि साउदले कम्युनिस्ट आन्दोलनको एकताका लागि नेपाली कम्युनिस्ट पार्टीमा लागेको बताए । साउद एमालेमा २०५० देखि २०५४ सम्म उपसचिव तथा त्यसपछि दुईपटक जिल्ला सचिव (प्रमुख) रहेका थिए । उनी अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।
यस्तै एमाले कैलालीका सचिवालय सदस्य दीपक रावल र जिल्ला कमिटी सदस्य जनक खड्काले पनि पार्टी परित्याग गरेका छन् । एमालेबाट संगठित सदस्यता गायब पारिएको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् । रावल र खड्काले आज धनगढीमा हुने नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा गएर उक्त पार्टीमा प्रवेश गर्ने बताएका छन् ।
प्रतिक्रिया