ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भीम रावल भन्छन्– चुनाव जहिले भए पनि प्रमुख राजनीतिक शक्ति नेपाली कम्युनिस्ट पार्टी बन्छ

शुक्रबार १२, मङि्सर २०८२ ०३:४१

धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने बताएका छन् । । पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताए । 

‘प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते होस् वा अरु दिन प्रमुख राजनीतिक शक्ति नेपाली कम्युनिस्ट पार्टी हुन्छ,’ उनले भने, ‘हामी विगतका कमजोरीलाई दोह¥याउँदैनौं ।’

नेता रावलले वर्तमान सरकारले सन्धी–सम्झौता गर्न नपाउने बताए । ‘यो सरकारले चुनाव गर्ने प्रमुख जिम्मेवारी पाएको छ,’ रावलले भने, ‘तर असमान सन्धी, सम्झौता गरिरहेको छ भन्ने भन्ने सुनेको छु । दीर्घकालिन प्रवृत्तिका सम्झौता गर्ने जिम्मेवारी यो सरकारलाई छैन ।’

निर्वाचनका लागि जनताको ताजा जनमत लिन नेपाली कम्युनिस्ट पार्टी तयार रहेको रावलले बताए । ‘निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गर्ने वातावरण यो सरकारले बनाउनुपर्छ,’ उनले भने । 

प्रतिक्रिया