ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाल भन्छन्– जेनजी आन्दोलनपछि प्रचण्ड र म राष्ट्रपतिकहाँ थियौं, अरुको अत्तोपत्तो थिएन

शुक्रबार १२, मङि्सर २०८२ ०४:४०

धनगढी । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेन–जी आन्दोलनपछि देशलाई निकास दिन आफू र पुष्पकमल दाहाल प्रचण्डले मात्रै भूमीका खेलेको बताएका छन् । पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले उक्त समयमा आफू र प्रचण्डबाहेक अन्य नेताको अत्तोपत्तो नै नभएको बताएका हुन् । 

‘जेन–जी आन्दोलनपछि देश के हुने हो ? भन्ने अन्योल थियो,’ नेपालले भने, ‘प्रचण्ड र म मात्रै राष्ट्रपतिकहाँ गएर रातभरि बसेका हौं । अरु कुनै पार्टीका नेताहरुको अत्तोपत्तो थिएन । हामीले राष्ट्रपतिलाई तपाईँको साथमा छौं भनेका थियौं ।’ 

नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीले दलालीकरण, ठेकेदारीकरण, भ्रष्टकरण, अपराधिकरणको प्रवृत्ति अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने दाबी गरे । ‘नयाँ क्रान्तिकारी सोच भएको पार्टी बनाउने भनेर हामी अगाडि बढेका हौं,’ उनले भने । 

प्रतिक्रिया