धनगढी । जिल्लाको चुरे गाउँपालिका–६ ढुङ्गेनीमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।
रुखबाट खसेर ४८ वर्षीय बलबहादुर साउदको मृत्यु भएको हो । घर नजिकै रुखमा चढी स्याउला काट्ने क्रममा अचानक खसेर साउद गम्भीर घाइते भएका थिए।
स्थानीयले उनलाई जंगलबाट घरतर्फ ल्याइरहेका बेला बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया