ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका दुई वन अधिकृत निर्देशनालय तानिए, सरकारको निर्णयविरुद्ध गएका थिए अदालत

बिहिबार २५, मङि्सर २०८२ ११:१३

कैलाली । कैलालीका दुईजना वरिष्ठ डिभिजनल वन अधिकृत प्रदेश वन निर्देशनालय तानिएका छन् । डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्ट र डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई २४ घण्टाभित्र वन निर्देशनालयमा हाजिर हुन निर्देशनसहित पत्राचार गरिएको हो । 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले निर्देशनालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बताए । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते भट्टको पहलमानपुर, कँडेललाई कञ्चनपुर तथा कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरको धनगढी सरुवा भएको थियो । 

ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै कँडेल र भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेको थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । मंगलबार उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेको थियो । 

प्रतिक्रिया