ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराका मालीले ‘नक्कली’ बिहे गरेपछि...

शुक्रबार ०५, पुष २०८१ ०१:०६

कञ्चनपुर । नक्कली विवाह गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णु माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले उनीहरु दुवै जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनकाअनुसार एक युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा पारेर ३१ वर्षीय मालीले २३ मंसिरमा महेन्द्रनगरमा विवाह गरेका थिए ।

नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरुको विवाह गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । मालीले अमेरिकाको भिजा लागेको र आफू इन्जिनियर भएको बताउँदै विवाह गरेका थिए । तर माली सहचालक रहेको र उनको घरमा श्रीमती रहेको थाहा पाएपछि पीडित युवतीका परिवारले उनीविरुद्ध बहुविवाहको मुद्दा दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया