डडेल्धुरा । डडेल्धराको परशुराम नगरपालिकाको टोली वडा नम्बर २ को सदरमुकाम बसौंटी पुगेको छ । नगर कार्यपालिकाको निर्णय अनुसार आर्थिक वर्ष २०८१/०८२ मा उपभोक्ता समितिमार्फत सम्पन्न हुने योजनाहरुको सम्झौता गर्न टोली बिहीबार बसौटी पुगेको हो ।
नगरप्रमुख भरत बडायर जोशी, उपप्रमुख बिमला कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टसहित कार्यपालिका अधिक सदस्यहरु त्यहाँ पुग्दा नागरिकमा खुसी त छायो नै । नगरपालिकाले वडा मै योजना सम्झौताको उद्देश्य राखेकाले बसौंटीमा नगरका पुरै टिम पुग्नुले जनतामा आश पलाएको छ ।
बैंक खाता खोल्न र दैनिक उपाभोग्य सामान समेत खरिदका लागि एकदिनको बास बसेर जोगबुडा धाउनुपर्ने त्यहाँका स्थानीयको मुहारमा खुसी देखिएको थियो । उपभोक्ता समितिमार्फत सम्पन्न गर्नुपर्ने साना योजना सम्झौता गर्न आफूहरु जोगबुडा धाउनुपर्ने बाध्यता टरेको स्थानीय अगुवा राजबहादुर बोहराको भनाइ छ । ‘बैंक खाता पनि वडामा खोलिएको छ । हाकिम सापले भुक्तानी पनि वडामा हुन्छ भन्नु भएको छ’ बोहराले भने, ‘यो पालिबाट वडामा सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको मेयरसापले भन्नू भएको छ ।’
नीति तथा कार्यक्रममा समेत समेटिएकोमा स्वागत योग्य रहेको उनले बताए । सोहि अवसरमा वडा नम्बर २ मा ‘मेयर– केयर’ कार्यक्रमसमेत सम्पन्न भएको छ । स्वास्थ्य शाखा परशुरामको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को स्विकृत कार्यक्रम अन्र्तगत विशेषज्ञ डाक्टरसहितको टोलीद्वारा नागरिकको स्वास्थ्य परीक्षण गरि परामर्श दिइएको शाखा प्रमुख हिक्मतबहादुर धामीले बताए । शिक्षा समिति समेतको उपस्थितिमा विद्यार्थी स्वास्थ्य प्रोफाइल र विद्यालय अनुगमन गरिएको छ । भने, शैक्षिक गुणस्तर सुधारका विषयमा अभिभावक, शिक्षक र विद्यार्थीहरुबीच अन्तरक्रिया पनि गरिएको समिति संयोजक देपबहादुर बोहराको भनाइ छ । नगरपालिकाको संयुक्त टोलीले सडक, सञ्चार, विद्युत, खानेपानी , बेरोजगारी , शिक्षा र स्वास्थ्यको अवस्थाका बारेमा अध्ययन पनि गरेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ मा वडा र अन्य नगरपालिकाका दुर्गम बस्ती लक्षित नीति तथा कार्यक्रम ल्याइने र बजेटको दायरा पनि प्राथमिकतामा राखिने मेयर जोशी र उपमेय बोहरा महताले बताए । उक्त कार्यक्रम सबै वडामा सञ्चालन गरिने नगर प्रवक्ता खगेन्द्र सिंहले जानकारी दिए ।
प्रतिक्रिया