ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बिहानै हल्लियो सुदूरपश्चिम, बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

शनिबार ०६, पुष २०८१ ०६:४६

धनगढी । बाजुरामा भूकम्प गएको छ । शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा महसुस भएको थियो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आइनसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । 

प्रतिक्रिया